सत्ता गठबन्धन दलको बैठक पुनः शुरु, आजै भागबण्डा टुंग्याइने

Gathbandhan meeting

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ आफ्नै दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।

गठबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने गरी सहमति जुटाउने प्रयास हुनेछ । त्यस्तै ११ उपमहानगरमा काँग्रेसलाई ५ वटा दिएर अरु तीन दलले दुई दुई वटामा भागबण्डा हुनेगरी छलफल अघि बढेको छ ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् ।

बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भए पनि सहमति जुट्न सकस भएको हो । स्रोतका अनुसार नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दावी गरेको छ । त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक एकवटा महानगर आफुलाई चाहिने अडान राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...