अक्षय कुमार बने उत्तराखण्डको सद्भावना दूत (ब्राण्ड एम्बेस्डर)

Fk d2zfx0aqkrex

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारलाई उत्तराखण्ड राज्यको सद्भावना दूत (ब्राण्ड एम्बेस्डर) बनाइएको छ।

सोमबार देहरादुनमा उनलाई उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले टोपी पहिराएर फूलको गुच्छा दिई दूत घोषणा गरे।

मुख्यमन्त्री धामीले त्यसपछि ट्वीटरमा लेखे, ‘आज प्रख्यात अभिनेता, युवाहरुका प्रेरणाका स्रोत र मेरा मित्र श्री अक्षय कुमारलाई हामीले मुख्यमन्त्री आवासमा स्वागत र अभिनन्दन गर्‍यौं। अक्षयले राज्यको युवाहरुलाई प्रेरित गर्नको लागि सरकारद्वारा उठाइएको कदमलाई सराहना गर्ने र हरसम्भव सहयोग गर्ने आश्वासन दिए।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...