राजेश पायल राईलाई स्टेजमै दुर्व्यवहार गर्ने पासाङले मागे माफी

Capture rai is king

काठमाडौँ । ‘राई इज किङ’ नामले प्रख्यात  गायक राजेश पायल राईलाई कार्यक्रम स्थलमा दुर्व्यवहार गर्ने पासाङ दावा सेर्पाले माफि मागेका छन् । गायक राईले यस बारेमा आफ्नो फेसबुक पेजबाट जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘मानिस हो मानिसबाटै गल्ति हुन्छ। गल्ति स्वीकार्नु पनि महानता हो । उहाँ थोरै बिरामी हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना। अब उप्रान्त उहाँलाई गाली नगर्न आग्रह गर्दछु।’

राई अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न अमेरिकाको न्यूयोर्कमा आयोजित भएको एक सांगीतिक कार्यक्रममा सहभागी भएको बेलामा कार्यक्रम हेर्न आएका पासाङ दावा शेर्पाले पछाडिबाट आएर राईको घाँटी अँठ्याएका थिए।

गीत गाइरहेका राईलाई पछाडिबाट घाँटी अँठ्याएका थिए । राईलाई असहज भएपछि अरु दर्शक आएर पासाङलाई राजेशबाट अलग गरिदिएका थिए। त्यसपछि केही समय स्थगित भएको कार्यक्रम राजेशले पुनः सुरु गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...