पाका नेतालाई चुनौती दिँदै कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी

Kalyan gurung

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेसनमा उम्मेदवारी दर्ता प्रक्रिया तीव्र भएको छ । यसैक्रममा कांग्रेस नेता कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी दिएका छन् ।

बिहान १० बजे सुरु भएको उम्मेदवारी मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ । कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले सभापति पदमा भृकुटिमण्डस्थित निर्वाचन समितिको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनित भएका थिए ।

उनलाई तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए । त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...