एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने तयारी

Cpn uml

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्ने भएको छ । यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो । तर महाधिवेशनाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भने भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने भएको हो ।

केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

यही मंसिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने बैठकको एजेन्डा रहेको उनले बताए । त्यस्तै जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समय सीमा पनि बैठकले निर्धारण गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...