रहिनन् प्रसिद्ध भारतीय महिलावादी अभियन्ता तथा लेखक कमला भासिन

Capture

काठमाडौँ । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केही महिनाअघिदेखि उनको क्यान्सरको उपचार भइरहेको थियो। सन् १९७० दशकयता कमला भासिनले भारतसहित दक्षिण एसियामा महिला अधिकारको पक्षमा लगातार वकालत गर्दै आएकी थिइन्।

उनले ‘संगतः अ फेमिनिस्ट नेटवर्क’ तथा कविता ‘क्यूँकी मैं लड्की हूँ, मुझे पढ्ना है’ महिलावादी आन्दोलनमा निकै महत्वपूर्ण मानिन्छन्। हाल पाकिस्तानमा पर्ने पञ्जाबको शाहिनवालीमा उनको जन्म सन् १९४६ मा भएको थियो।

उनले जहिले पनि महिलावाद पुरुष–महिलाबीचको युद्ध नभई पितृसत्ताको सिद्धान्तविरुद्ध रहेको बताउने गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...