देशैभर घट्यो कोरोना संक्रमितको संख्या, थप १६०३ जनामा संक्रमण पुष्टि

Corona test

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । मन्त्रालयका अनुसार दुबै विधिबाट ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...