जातीय दुर्व्यवहार गरेको आरोप लागेकी घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने

Kathmandu district court 165893

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको समय दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले आफू दलित भएको थाहा पाएपछि ती घरबेटीले कोठा नदिएको भन्दै प्रहरीकहाँ उजुरी गर्न पुगेकी थिइन् । अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गरिने छ ।

रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् ।

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...