माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

Capture 32321

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।

नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा रोकिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...