लुम्बिनीका दुई स्वतन्त्र प्रदेशसभा सदस्य एमालेमा
काठमाडौँ । सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताए । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गरे ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा श्रीवास्तव र शाहीसहित ४२ जनाको हस्ताक्षर थियो ।
प्रतिकृया दिनुहोस