एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै

Kp group uml

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको हो ।

यसअघिको बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।

यसअघि बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधवकुमार नेपाल पक्षका २७ जना संघीय सांसद र पाँचजना कर्णाली प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको थियो । सांसदहरुले स्पष्टिकरण बुझाइसकेका छन् । अघिल्लो बैठकमा नै स्पष्टिकरण आएपछि कारबाही प्रक्रियाबारे निर्णय गर्ने बताइएको थियो ।

यसविचमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीले नेता माधवकुमार नेपाललाई दुईपटक भेट गरिसकेका छन् भने नेता बामदेव गौतमसँग एकपटक भेट गरेका छन् । प्रधामन्त्री ओलीसँगको भेटले पार्टी भित्रको विवाद समाधान गर्ने बाटो नसमातेको बिहीबारको बैठकपछि नेता नेपालले प्रतिक्रिया दिएका थिए ।

आजको बैठकले नेपाल पक्षमाथि के–कस्तो कारबाही गर्छ या गर्दैन भन्ने आम चासोको विषय बनेको छ । नेपाल पक्षभने बैठकमा सहभागि नहुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...