नेपाल–खनाल समुह भन्छ, पार्टी विभाजनको डिलैमा पुग्यो (यस्तो छ अपिल)

Nepal khanal samuha

काठमाडौं । बिहीबार साझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले पार्टी एक हुनेमा धेरैले खुसी मनाए । तर, त्यसको १२ घण्टा पनि बित्न नपाउँदै अध्यक्ष ओलीले माधवकुमार नेपालहरुले अर्काे पार्टी बनाइसकेको बताएपछि आम कार्यकर्तालाई थप निरास बनायो ।

ओलीको भनाई आए लगत्तै माधवकुमार नेपाल सहितका १५ जना नेताहरुले अपिल जारी गर्दै पार्टी विभाजनको डिलैमा पुगेको भनी अपिल जारी गरेपछि अब नेकपा एमाले एक हुन सक्दैन कि भन्ने बनाएको छ । तर, ओली र नेपालबीच भइरहेको भेटवार्ताले भने केही आशा चँही जिवित बनाएको छ ।

नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टी विभाजनको डिलमा पुगेको निष्कर्ष निकालेको छ । नेपालसहितका १५ नेताले बिहीबार संयुक्त अपील जारी गर्दै पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको उल्लेख गरेका छन् ।

‘केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुुनुहुन्छ’, अपीलमा भनिएको छ, ‘नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ । यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तरराष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ ।’

यस्तो छ अपिल

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...