ओली - नेपालबीच आज पनि भेट
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच बिहीबार पनि भेटवार्ता हुँदैछ ।
दुई नेताबिच काठमाडौँको मेरियोट होटलमा दिउँसो २ बजेपछि भेट हुने नेताहरुले जानकारी दिएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोति दुगडका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र विवाद समाधानको प्रयासबारेको छलफलका लागि भेट हुन लागेको हो ।
ओली र नेपालबिच बुधबार पनि सोही स्थानमा भेट भएको थियो । तर आन्तरिक विवाद समाधानका सम्बन्धमा कुनै सहमति जुटेको थिएन ।
प्रतिकृया दिनुहोस