विद्यार्थीले लिए धनकुटा क्याम्पस कब्जामा, सहायक क्याम्पस प्रमुख पोख्रेलविरुद्ध व्यांग्यात्मक प्रदर्शन

Dhankuta campus tala

धनकुटा । परीक्षार्थीको उत्तरपुस्तिका साटेको आरोप लागेका धनकुटा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको कार्यकक्ष विद्यार्थीले कब्जामा लिएका छन् ।

सहायक क्याम्पस प्रमुख पोख्रेलको कार्यकक्षबाट आज बिहान टेवल कुर्सी निकालेर विद्यार्थीहरुले ग्राउण्डमा राखी उनीविरुद्ध व्यांग्यात्मक प्रदर्शनसमेत गरेका छन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा मानविकी संकायका सहायक क्याम्पस प्रमुख पोख्रेलले एक महिला परीक्षार्थीको बस्तुगत प्रश्नको उत्तरपुस्तिका साटेको आरोप लाग्दै आएको छ ।

क्याम्पसमा कार्यरतसमेत रहेकी महिला परीक्षार्थीलाई बढी नम्बर दिलाउन परीक्षार्थीसँगकै मिलेमतोमा सहायक क्याम्पस प्रमुख पोख्रेलले परीक्षार्थीको कपीको सट्टामा आफुले उत्तर लेखेको कपी राखिदिएको सार्वजनिक भएपछि विद्यार्थी संघ संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

यो विषय बाहिरिएपछि विद्यार्थीहरुले घटनाको छानविन गरी सहायक क्याम्पस प्रमुख पोख्रेललाई निलम्बन गर्न माग गरेका छन् । विद्यार्थी संघ संगठनहरु आन्दोलनमा उत्रिएपछि क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुबीच पटक–पटक वार्ता हुँदै आएको छ । तर, वार्ता निस्कर्षविहिन बन्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...