१४ वटा टेकोले थाम्दैछ संस्कृत विश्वविद्यालयको भवन

Sasktirt bidhyalaya

काठमाडौं । पाँच वर्षदेखि १४ वटा टेकोको भरमा अडिएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन पुनर्निर्माण/सबलीकरणतर्फ अझै सम्बद्ध निकायको ध्यान जान सकेको छैन ।

विश्व सम्पदा क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको विशेष आकर्षण क्षेत्रमै रहेको काठको कलात्मक उक्त भवन अझै कहिलेसम्म पुनर्निर्माण हुने हो यकिन हुन सकेको छैन । उक्त भवनमा संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको थियो ।

विश्व सम्पदा क्षेत्रमै अवस्थित काठको कलात्मक तथा बहुमूल्य सामग्रीयुक्त त्यस सम्पदाको सबलीकरण वा पुनर्निर्माणका लागि पुरातत्व विभागले आउँदा वर्षमा त्यस भवनलाई लक्षित गरी बजेट छुट्याउने आश्वासन पाए पनि हालसम्म बजेट पाएको छैन ।

ठाउँ–ठाउँमै चिराचिरा परेको त्यस भवनको मुनि साना नाङ्ला पसल, चिया पसल तथा क्युरियो पसल सञ्चालन हुँदै आएका छन् । त्यस क्षेत्रमा विगत २३ वर्षदेखि क्युरियो पसल सञ्चालन गर्दै आएका हरि कार्कीले २०७२ सालपछि सधैँ नै भवन भत्कने हो कि भन्ने चिन्ताले सताउने गरेको बताउँछन् ।

मन्त्रीस्तरीय बैठकले सम्पर्क कार्यालय राखेर विश्वविद्यालयले लामो समयसम्म पदाधिकारी खटाउन नपाउने निर्णयपछि सम्पर्क कार्यालय दाङ बेलझुन्डीकै विश्वविद्यालयमा २०७५ सालमै गाभिएको विश्वविद्यालयका रजिस्टार माधव अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...