विवाहकै दिन दुलहीमा कोरोना संक्रमण पुष्टि, कोभिड सेन्टरमै पीपीइ लगाएर सम्पन्न भयो विवाह
भारतमा कोरोना भाइरस महामारीको संक्रमणबीच एक जोडीले पीपीइ लगाएर विवाह गरेका छन्।
विवाहकै दिन दुलहीमा कोरोना संक्रमण पुष्टि भएपनि यी जोडीले निर्धारित विवाह कार्यक्रम रोकेनन्।
नवविवाहित जोडीसँगै पण्डित र उपस्थित १ जना व्यक्तिले समेत पीपीइ, फेस सिल्ड र ग्ल्भस लगाएका थिए।
राजस्थानको केलवारा कोभिड सेन्टरमा उनीहरुको विवाह भएको हो।
डिसेम्बर ६ मा एएनआइले उक्त भिडियो ट्वीटरमा सार्वजनिक गरेको थियो।
अहिले संक्रमण पुष्टि भएपनि विवाह गरिरहेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।
#WATCH Rajasthan: A couple gets married at Kelwara Covid Centre in Bara, Shahbad wearing PPE kits as bride's #COVID19 report came positive on the wedding day.
— ANI (@ANI) December 6, 2020
The marriage ceremony was conducted following the govt's Covid protocols. pic.twitter.com/6cSPrJzWjR
प्रतिकृया दिनुहोस