ट्रम्पलाई अर्को धक्का, महान्यायाधिवक्ताले पनि छोडे साथ
काठमाडौँ । अमेरिकाका महान्याधिवक्ता विलियम बारले हालै सम्पन्न राष्ट्रपतिको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो धाँधली भएको कुनै प्रमाण फेला नपरेको बताएका छन् । महान्यायाधिवक्ता वारले निर्वाचनमा धाधली भएको कुनै प्रमाण नभेटिएको बताएसँगै ट्रम्पलाई अर्को धक्का लागेको छ ।
महान्यायाधिवक्ता विलियमले भनेका छन्, अहिलेसम्म चुनावमा धाधली भएको कुनै प्रमाण भेटिएको छैन, जसले चुनावलाई प्रभावित गरेको होस् । अहिलेसम्म निर्वाचनको परिणाम स्वीकार नगरेका ट्रम्पलाई महान्यायाधिवक्ताको यो भनाईले गहिरो झट्का लागेको विश्लेषण गरिएको छ ।
ट्रम्प र उनको क्याम्पियनले आफु हारेका राज्यमा चुनावमा धाधली भएको भन्दै मुद्धा दायर गरेका छन् भने कैयौ राज्यका अदालतले ट्रम्पको मुद्धा खारेज गरिसकेका छन् । त्यस्तै कैयौं राज्यले जो बाइडेन निर्वाचित भएको भन्दै निर्वाचन परिणाम प्रमाणित समेत गरिरहेका छन् ।
महान्यायाधिवक्ता विलियमले भनेका छन्। एक दाबि यस्तो छ की धाधली सुनियोजित तरिकाले गरियो । जसबाट निर्वाचनको परिणामनै बदलियो । ब्यालेट मेशिन ह्याक गरेको दाबि गरियो । जसबाट बाइडेनलाई बढी मत आयो । न्याय विभाग र होमल्याण्ड सेक्युरिटीले गरेको अनुसन्धानमा यस बारेमा कुनै ठोस सबुत पाइएन ।
महान्यायाधिवक्ता विलियमको यस्तो भनाई बाहिर आएपछि ट्रम्पका प्रमुख वकिल रुडी जुलियानीले एक विज्ञप्ति जारी गरेर महान्यायाधिवक्ताको भनाई बिना कुनै अनुसन्धान आएको जस्तो देखिएको बताएका छन् । ट्रम्पले आफ्नो पक्षमा निर्वाचनको परिणाम उल्टिने अन्तिम अस्त्रको रुपमा फेडरल अनुसन्धानकर्तामा भर परेको बताइएपनि अब महान्यायाधिवक्ताले नै प्रमाण नभएको भनेपछि अब उनको सबै अस्त्र सकिएको विश्लेषण गरिएको छ ।
मिडिया रिपोर्टमा ट्रम्पले आफ्ना नजिकका सहयोगीहरुसँग आफुलाई महान्यायाधिवक्ता र एफबिआइले सहयोग नगरेको गुनासो गरेको उल्लेख गरिएको छ । ट्रम्पले यसअघि एरिजोना र जर्जियाका गभर्नरसँग असन्तुष्टि व्यक्त गरिसकेका छन् । रिपब्लिकनका पारम्परिक राज्य मानिएका दुवै राज्यमा ट्रम्प पराजित भएका थिए ।
प्रतिकृया दिनुहोस