जनता समाजवादी पार्टीमा लेवी सिष्टम सुरु, सांसदलाई तोकियो १५ हजार रुपैयाँ लेवी

Janata samajbadi party

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ ।

राजपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ गरी जम्मा ३७ संघीय सांसद रहेका छन् । एक जनाले एक ठाउँमा मात्र लेवी तिर्नुपर्छ । नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनुपर्ने हुन्छ ।

कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७ सय, केन्द्रीय समितिका सदस्यले ५ सय, संघीय परिषद्का सदस्यले ३ सय, राष्ट्रिय समितिका सदस्यले २ सय ५० र संघीय सांसदहरुले १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ ।

पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनुपर्ने निर्णय गरेको छ ।

सो पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय रहेको छ, जसमा दुई सीट खाली राखेको छ । केन्द्रीय कार्यसमिति ८ सय १ सदस्यीय रहेको छ भने संघीय परिषद् १ हजार १ सय १ र राजनीतिक समिति १ सय ५१ सदस्यीय रहने विधानमा उल्लेख छ ।

प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको बमोजिम लेवी बुझाउपर्ने छ भने पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त भएका व्यक्तिहरुले पनि तोकिएको लेवी बुझाउपर्ने पार्टीको निर्णयमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...