कोभिड –१९ को चौतर्फी प्रभाव : खस्किदो अर्थतन्त्रमा भोकमरीविरुद्ध लड्नु मुख्य चुनौती

Jahida banu 23 vadau

सन् २०१९ को अन्त्यतिर चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरस विश्वभर महामारीको रूपमा फैलिएको छ । यसले विश्वलाई नै तहसनहस बनाइदिएको छ । चैत्र ११ गतेदेखि लकडाउनको शुरूवात भएसँगै नेपालका उद्योग, कलकारखाना, बैंक, व्यवसाय, शिक्षा, सेवा लगायतका सम्पूर्ण निष्कृय अवस्थामा छन् । विकासतर्फ उन्मुख भइरहेको नेपालको लागि कोरोना महामारी निकै ठूलो चूनौती बनिरहेको छ ।

विकासका दृष्टिकोणले नेपाल एउटा अति कम विकसित मुलुक हो भने यसले अर्थतन्त्रमा मिश्रित अर्थव्यवस्था अवलम्वन गरेको छ । आम गरीवी, अत्याधिक जनसंख्या कृषिमा निर्भर, बेरोजगारी, औद्योगिक पछौटेपन, न्यून प्रतिव्यक्ति आय, जीवनमुखी कृषि अर्थतन्त्र, न्यून उत्पादनशीलता, परम्परागत उत्पादन विधि, न्यून आर्थिक वृद्धिदर आदि नेपालको अर्थतन्त्रका विशेषताहरू हुन् ।

नेपाल जस्ता विकासोन्मुख देशहरूको मुख्य समस्या गरीवी हो । आर्थिक सर्वेक्षण २०७५र०७६ का अनुसार गरीवीको रेखामुनी रहेको जनसंख्या १८.५ प्रतिशत र बहुआयामिक गरीबी सूचांक २८.६ प्रतिशत रहेको छ । कोरोना महामारीले झन गरीवी बढाएर दैनिक जीवन यापन गर्न आवश्यक पर्ने वस्तु तथा सेवा सुविधाहरूको अभावको अवस्था सिर्जना गरेको छ । न्यूनतम जीवन धान्न आवश्यक पर्ने खाद्यान्न, लत्ता–कपडा, आवास, पोषण, आधारभूत शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरू पूर्ती गर्न आवश्यक पर्ने आम्दानीसमेत नहुने सम्भावना बढाएको छ । सन् २०१९ को भोकमरी सूचांकमा नेपाल ७३औं स्थानमा परे पनि वर्तमान समयमा झन अवस्था दयनीय हुँदै गइरहेको छ । भोकको कारणले धेरैले आत्महत्या गरेकोसमेत पाइएको छ ।

नेपाली अर्थतन्त्रको आधारशीला एवं. मेरूदण्ड नै कृषि हो । यहाँका बहुसंख्यक जनता कृषिमा आश्रित छन् । तर कृषि परम्परागत र जीवन निर्वाहमुखी छ । कृषकहरूको अवस्था सधैं दयनीय रहेको कुरा सर्वविदितै छ । नेपाल जीवनस्तर सर्वेक्षण २०११ का अनुसार नेपालका करीव ७६.३ प्रतिशत जनता अझैं पनि कृषिमा नै आश्रित छन् । सिंचाईलाई कृषिको रक्तसञ्चार मानिन्छ । यसले कृषिजन्य वस्तुहरूको उत्पादन बढाएर जीवन निर्वाहको खेतीलाई नाफा र बजारमुखीको खेतीमा परिणत गर्नुका साथै निर्यातमा वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्न मद्दत गर्दछ । तर, हालसम्म कृषि योग्य भूमिको केवल ५४.४ प्रतिशत मात्र भूमिमा सिँचाई सुविधा उपलब्ध भएको अनुमान छ । कोरोना विपदले गर्दा सिँचाई व्यवस्था, उन्नत बीऊ, औजार, कीटनाशक औषधि तथा मलको अभावले कृषि क्षेत्रलाई झन ठूलो प्रभाव पारेको छ ।

आम्दानीको सहायक स्रोतको रूपमा रहेका नेपालका उद्योग व्यवसायहरू कोरोना महामरीले गर्दा ठप्प छन् । यसले रोजगारीका अवसरलाई असर पारेको छ भने विदेशमा निर्यात हुने घरेलु उद्योगबाट उत्पादित वस्तु जस्तै गलैंचा, पस्मिना, कलात्मक तथा हस्तकलाका वस्तु, कपडामा बनाइने चित्र, धातुका भाककडाहरू, मूर्ती, खुकुरी जस्ता वस्तुहरू जुन विदेशी पर्यटकहरूका लागि समेत विशेष रुची र आकर्षक हुन्छन्, ती विदेश निर्यात हुन पाइरहेका छैनन् । नेपालमा परापूर्वकालदेखि नै घरेलु तथा साना उद्योगहरू स्थापना र सञ्चालनमा रहँदै आए पनि औद्योगिक विकासले खासै गति लिन सकेको छैन ।

देशको अर्थतन्त्रमा यसले भरथेग गरेको छ । कुल ग्राहस्थ्य उत्पादनमा यस क्षेत्रले योगदान १० प्रतिशत पनि पुग्न नसकेको तथ्य हामीसामु चूनौतीको रूपमा खडा छ । त्यसैमा पनि यस्तो महामारीले गर्दा यसमा झन असर पुगेको छ । कच्चा पदार्थको कमी, पर्याप्त बजारको अभाव, स्थानीय प्रविधिको अभाव, इन्जिन, उपकरण तथा मेशिनको अपर्याप्तता वर्तमान समयका बाधक हुन भने यसले गर्दा रोजगारीको अवसर गुम्नुका साथै विदेशी मुद्रा आर्जन गर्न सकिएको छैन ।

कोरोनाबाट प्रभावित अर्को महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । नेपाललाई पर्यटन वर्ष २०२० मनाउने भनेर विश्वभर प्रचार–प्रसार गरियो । लाखौं रूपैयाँ खर्चसमेत गरियो र विविध योजनाहरू बनाई करीव २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखियो । मानिसहरू ऐतिहासिक, पुरातात्विक, अनुसन्धान, मनोरञ्जन, दृश्यवलोकन आदि उद्देश्यले घुम्न आउने गर्दछन् । यसरी विभिन्न ठाउँबाट घुम्न आएका मानिसले खानपिन, बसोबास आदि गर्दा नेपालमा पैसा भित्रिने गर्छ । होटल, लज, रेष्टुरेण्ट, रिसोर्ट, ट्राभलिङ एजेन्सी, प्याराग्लाईडिङ, ¥र्याफ्टिङ, ट्रेकिङ, केवलकार, गल्फ, पोलो, हर्स राईडिङ, बर्ड वाचिङ, माउन्ट भ्यु आदिसँग सम्बन्धित व्यवसायहरूबाट प्रशस्त मुनाफा आर्जन गरी देशको अर्थतन्त्र बलियो बनाउने योजना विफल भएको छ ।

पर्यटन उद्योगमा ९० हजार जनाले प्रतक्ष्य रोजगारी पाइरहेका थिए भने तीन लाखभन्दा बढी मानिसले यससँग सम्बन्धित व्यवसयमा रोजगारको अवसर अहिले गुमेको छ । कोरोना भाइरसले गर्दा व्यापार तथा वित्तीय क्षेत्रमा पनि ठूलो असर पुगेको छ । व्यापार जुन मुनाफा आर्जन गर्ने उद्देश्यले सञ्चालन गरिन्छन् । तर अहिले घाटामा गइरहेका छन् । जसले व्यापारीको जीवन झन कष्टकर बन्दैछ ।

रेमिट्यान्समा असर
कोरोना महामारीले प्रभाव पारेको अर्को महत्वपूर्ण क्षेत्र विप्रेषण (रेमिट्यान्स) पनि हो । नेपाली युवाशक्ति कामको सिलसिलामा ठूलो संख्यामा विदेश गएको पाइन्छ । मुलुकमा पर्याप्त मात्रामा रोजगारीको अवसरहरू नहुनु, कलकारखाना, उद्योगधन्दाको विकास नहुनु, श्रमप्रति सम्मान गर्ने चलनको विकास नहुनु, न्यून पारिश्रमिक हुनु जस्ता कारणले गर्दा वैदेशिक रोजगारीमा जाने प्रचलन बढिरहेको थियो । विदेशी भूमीमा कार्यरत श्रमशक्तिबाट मुलुकले उल्लेख्य मात्रामा विप्रेषण प्राप्त गरिरहहेको थियो र देशको अर्थतन्त्रको मुख्य स्रोत रेमिट्यान्स पनि हो । सन् २०१९ को विश्व बैंकको तथ्यांक अनुसार विश्वमा विप्रेषण प्राप्त गर्ने प्रमुख मुलुक भारत हो ।

नेपाल पनि विश्वमै ठूलो मात्रामा विप्रेषण भित्रिने मुलुकहरुमध्ये रहेको, ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको, मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत वैदेशिक रोजगारी भएको देश हो । आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी भई ३०४ अर्ब ९७ करोड कायम भएको थियो । धेरै वैदेशिक रोजगारका नेपाली स्वदेश फर्किएको र विदेशमा बिना काम अलपत्र रहेका हुँदा विप्रेषणको योगदानमा ठूलो नोक्सानी पुगेको छ ।

कोरोना विपद र वैदेशिक रोजगारी नहुँदा अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापकता नहुने, आर्थिक वृद्धि न्यून दरमा हुने, भुक्तानी सन्तुलन कायम नहुने, नेपालबारे अन्तर्राष्ट्रिय जगतमा जानकारी र प्रचार प्रसार नहुने, यहाँको कला कौशल, संस्कृति विश्वसामु नपुग्ने, नेपालको प्रमुुख पर्यटकीय गन्तव्यहरू जस्तै सगरमाथा, लुम्बिनी लगायतका ठाउँहरुको बारेमा विश्व समुदायलाई अवगत नहुने, नेपालमा विदेशी पर्यटकको आगमन बढाउन र विदेशी मुद्रा आर्जन बढाउनसमेत वैदेशिक रोजगारीको माध्यमबाट योगदान नपुग्ने अवस्था सिर्जना भएको छ ।

कोरोना महामारीले गर्दा कुल ग्राहस्थ्य उत्पादन (जिडिपि) मा निकै कमी ल्याएको छ । जुलाई २०२० सम्ममा जिडिपि २.३५ मा झरेको छ । जवकी अन्तिम वर्ष ७.०५ को उद्देश्य राखिएको थियो ।

अबको निकास के ?
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड –१९ ले देशको अर्थतन्त्रमा ठूलै हलचल ल्याइदिएको छ । कयौं वैदेशिक कामदारहरू रोजगारी गुमाएर नेपाल फर्किएका छन् भने अझैं केही फर्किने क्रममा छन् । पर्यटन व्यवसायबाट देशको आर्थिक विकासलाई सहयोग पुग्छ भनेर बनाइएका योजनाहरू पनि तत्काल असफल भएका छन् । देशको राजनीतिक अस्थिरताले पनि अर्थतन्त्रलाई असर पारेको छ । उद्योग लगायत व्यापार तथा वित्तीय व्यवसायहरू नहुँदा पनि जिडिपीमा असर पुर्याएको छ ।

कृषिमा जोड
अब हाम्रो विशेष जोड भनेको कृषि क्षेत्रमा हुनुपर्छ । जीवनमुखी कृषिलाई अब आयमुखी बनाउन अतिआवश्यक देखिएको छ । स्वदेश फर्किएका युवाहरूले अब बाँझो रहेका जमीनलाई सिँचाई गरेर अधिकतम् उत्पादन गर्ने गर्नुपर्छ । यहाँको खेती प्रणाली जुन परम्परागत र झारा टार्ने खालको छ, अब आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्छ । मल, बीऊ, औजार र कीटनाशक औषधिको प्रचुर प्रयोग या एनजिओ लगायतका संस्थाहरूबाट ऋृण लिएर भए पनि यसतर्फ ध्यान दिएर विदेशमा निर्यात गर्न सकियो भने रेमिट्यान्सलाई यसैले धान्न सक्नेछ । यसमा सरकाको विशेष भूमिका हुनुपर्छ र सरकारले युवा लगायत किसानका समस्याहरू पहिचान गर्न सक्नुपर्छ ।

घरेलु तथा साना उद्योगमा जोड
नेपालको अर्थतन्त्रमा घरेलु तथा साना उद्योगले पनि ठूलो टेवा पुर्याइरहेको हुन्छ । ग्रामीण क्षेत्रमा कृषिमा आस्रित मानिसहरू साथै कयौं युवाहरू पसलमा चिया पिएर, गफ चुटेर र जुवातास खेलेर समय खेर फालिरहेका हुन्छन् । कृषी क्षेत्रमा राम्रो सम्भावना भएर पनि बेरोजगार बस्ने यस्ता युवालाई पनि काममा लगाउने नीति ल्याउनुपर्छ ।

समस्या समाधानमा पनि सहयोग गर्ने भएकोले अबको जोड यस्ता उद्योगमा समेत हुन पर्छ । स्थानीय स्तरमा त्यसै खेर गइरहेको सीप तथा स्रोत साधनको उचित सदुपयोग गरी आयमा परिवर्तन गर्नुपर्छ । यो ठूला उद्योगको विकासको आधार पनि हो र यसले राष्ट्रिय उत्पादनमा समेत वृद्धि गर्न सक्छ ।

प्राकृतिक स्रोत साधनको सदुपयोग
नेपाल प्रकृतिले निःशुल्क प्रदान गरेका प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश हो । हावापानी, घाम, वनजंगल, जनावर, तालतलैया, नदी, झरना खनिज साधन आदि नेपालमा प्रशस्त मात्रामा छ । यसको उचित सदुपयोग गर्नुपर्छ । किनकी यसले कृषि उद्योग, व्यापार, यातायात, पर्यटन, संचार जस्ता क्षेत्रमा विशेष भूमिका खेलेको हुन्छ । तर कुनै पनि देशको आर्थिक विकासमा स्रोत साधनको उपलब्धता हुनु मात्र पर्याप्त शर्त भने होइन । नेपाल जलस्रोतको विश्वमा ब्राजिलपछि दोस्रो धनी देश हो । नेपालमा जलस्रोत, वनस्रोत, प्राकृतिक सुन्दरता, वन्य जीव जन्तु, खनिज तथा पेट्रोलियम साधन आदि प्रचुर मात्रामा हुँदा हुँदै पनि नेपाल अझैं अविकसित र पिछडिएको छ । प्रयास विवेकशील प्रयोगमा हुनुपर्छ ।

यी बाहेक राजनीतिक स्थिरता कायम गर्ने, भ्रष्टचार नियन्त्रण गर्ने, हरेक नागरिकले फाल्तु समय व्यतित नगरेर घरायसी सीपमूलक कार्य गर्ने, व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने र सरकारले विकास निर्माणका लागि छुट्याएका बजेट तथा योजनालाई फिर्ता गरेर तत्काल लगानीका लागि कृषि लगायत अन्य क्षेत्रमा उपलब्ध गराउने, सरकारी ऋण उपलब्ध गराउने आदि कार्य गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...