यस वर्षको ‘ट्राभलर्स च्वाइस अवार्ड’ क्राउन हिमालयजलाई

Hotel crown himalayas kaski

काठमाडौँ । यस वर्ष ‘ट्राभलर्स च्वाइस अवार्ड’ क्राउन हिमालयजले पाएको छ । वर्षेनि ट्राभलर्स च्वाइस अवार्ड प्रदान गर्दै आइरहेको प्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले पोखरास्थित होटल क्राउन हिमालयजलाई सो अवार्ड दिइएको हो ।

पोखराको लेकसाइडमा  अस्थित उक्त  ‘होटल क्राउन हिमालयज’का सञ्चालक आग्रह अर्यालले पाहुनाको मायाले अवार्ड पाउन सफल भएको बताए । 

उनले भने, ‘अवार्ड पाउनुमा कर्मचारीको अथक मेहनत  र पाहुनाले दिएको माया हो । देश, विदेशबाट होटलमा आउनुहुने पाहुनाहरुप्रति क्राउन हिमालयज परिवार आभार व्यक्त गर्दछ । ’

सन् २०१० बाट सुरु गरिएको उक्त होटलमा तीन तारे सरहको सुविधा  दिँदै आएको छ । होटलमा सिंगल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्ससहित ३८ ओटा कोठा छन् । होटले १ सय २० जना भन्दा बढी पर्यटकलाई सेवा प्रदान गर्दै आएको सञ्चालक अर्यालले बताए ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...