अनलाइन कक्षा पुनः सञ्चालन हुने

Online class shyuzjvmmc

काठमाडौँ ।  विभिन्न माग राखेर निजी विद्यालय सञ्चालकहरूले अवरुद्ध गरेको अनलाइन कक्षा पुनः  सञ्चालन हुने भएको छ । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।

१ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ ।

यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ र शिक्षकहरूसँग मन्त्रालयमा छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांशले विद्यालय खोल्नुपर्ने सुझाव दिएका थिए । प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा बन्द गरेका थिए । शिक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार १ असारदेखि अनलाइन कक्षा सञ्चालन हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...