यसकारण हुँदैछ बिहीबारदेखि सबै अनलाईन कक्षाहरु बन्द (विज्ञप्तीसहित)
काठमाडौँ । कोरोना महामारी र लकडाउनका बीच निजी विद्यालयहरुले सञ्चालन गर्दै आएको अनलाईन कक्षा बन्द हुने भएको छ ।
प्याब्सन, एनप्याब्सनले लकडाउनका बीच बल्लबल्ल शुरु भएको बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेसँगै अनलाईन कक्षा बन्द हुने भएको हो ।
विद्यार्थी भर्ना गरेर वैकल्पिक कक्षाको न्युनतम शुल्क लिनु पाउनुपर्ने माग उनीहरुको थियो । तर शुल्क लिन नपाउँदा आर्थिक भार पर्ने भएकाले पनि बिहीबारदेखि सबै प्रकारका अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गरिएको प्याब्सन, एनप्याब्सनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको छ ।
शिक्षा मन्त्रालयले आफ्ना मागहरुलाई बेवास्ता गरेका कारण विद्यालय बन्द गर्ने निर्णय लिनुपरेको दाबी गरेका छन् । सरकारले भौतिक उपस्थितिमा नै विद्यालय र पठनपाठन सुचारु गर्ने निर्णय गरेपछि मात्रै कक्षा सञ्चालन गरिने प्याब्सन, एनप्याब्सनले बताएको छ ।
साथै विद्यालय खुलेपछि मात्रै २०७७ बैशाखदेखि असारसम्मको तलब सुविधा शिक्षक कर्मचारीलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । चैत ५ गतेदेखि विद्यालय बन्द भएका कारण अधिकांश निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब दिएका छैनन् ।
प्याब्सन तथा नेसनल प्याब्सनद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति
कोभिड–१९ महामारी रोकथामका लागि २०७६ साल चैत्र ११ गते देखि मुलुकभर जारी लकडाउनको कारणले शिक्षण संस्थाहरु लगातार पूर्णरुपमा बन्द रहेको अवस्था प्रति हामी सबै अवगत नै छौं । हाल आएर बजार, उद्योग–व्यवसाय, निजी/सार्वजनिक सवारी–साधन लगायतका क्षेत्र सञ्चालनमा आएता पनि भौतिक रुपमा विद्यालयहरु सञ्चालन भएका छैनन् । लामो समयावधिसम्म बाल–बालिकाहरु शिक्षा बाट वञ्चित हुने अवस्था प्रति अत्यन्त संवेदनशील भई निजी शैक्षिक संस्थाहरुले प्रविधिको प्रयोग गरि वैकल्पिक उपायको रुपमा २०७७ साल बैशाख महिना देखि नै अनलाईन कक्षाहरु सञ्चालनमा ल्याएता पनि यसले औपचारिकता पाउन सकेको थिएन ।
हामी लगायत सबै पक्षको अनवरत प्रयासले गर्दा नेपाल सरकार शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी ग¥यो । उक्त निर्देशिकाको अधीनमा रहने गरि हामी संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाईन÷अफलाइन मार्पmत) थप व्यवस्थित गर्ने तयारी थाल्यौं र इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो÷एफ.एम. मार्पmत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन ग¥यौं ।
नेपाल सरकारले २०७६ साल चैत्र महिनामा घोषणा गरेको राहत प्याकेजमा निजी विद्यालयहरुले एक महिनाको शुल्क छुट गर्नुपर्ने कुरालाई समेत हृदयंगम गरि लकडाउनको कठिन परिस्थितिलाई मध्यनजर गर्दै प्याब्सन तथा नेसनल प्याब्सानले संयुक्त रुपमा आषाढ ७ गते अपिल जारी गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मात्र मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जाने, सेवा उपलब्ध नगराएको शिर्षकमा लकडाउन अवधिभर शुल्क तिर्नु नपर्ने, विद्यालयहरुले नियमित अनलाईन कक्षा सञ्चालन गर्ने भनि नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय तथा निकायहरु लगायत आम अभिभावकहरुलाई सम्बोधन गरि सार्वजनिक रुपमा आव्हान गरेकोमा हाम्रो विनम्रता, संवेदनशीलता तथा विद्यालय शिक्षाको लगभग ३० प्रतिशत भाग ओगट्ने निजी क्षेत्रको योगदान र महŒवलाई वास्ता नै नगरि शिक्षा मन्त्रालयबाट आषाढ ८ गते हाम्रो अपिलको भावना विपरित हुने गरि प्रेस विज्ञप्ति जारी भएकोमा हामी मर्माहत भएका छौँ ।
मुलुकभर लगभग ३० लाख विद्यार्थीहरुको शैक्षिक भविष्य अन्धकारमय भएको प्रति चिन्तित हुँदाहुँदै शून्य आम्दानीको कारणले संस्थागत विद्यालयमा कार्यरत करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीलाई बैशाख महिना देखि तलब उपलब्ध गराउन नसकिरहेको तितो यर्थात र उहाँहरु भोक–भोकै रहनु पर्ने अवस्था एकातिर छ भने अर्कातिर विद्यालयको स्थायी प्रकृतिका खर्चहरु – घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इंटरनेट ईत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ ।
यस विकराल समस्याको समाधानार्थ हाम्रो अभिभावक नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष पटक–पटक मागहरु राखि निरन्तर छलफल, वार्ता–संवाद गर्दा पनि कतैबाट कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको अवस्था प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन असार १४ गते माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यू समक्ष संयुक्त रुपमा ज्ञापन–पत्र बुझाई हाम्रामागहरु असार १९ गतेभित्र सम्बोधन होस भन्ने अनुरोध पस्तुत गरियो सो समय सिमाभित्र सम्बोधन नगरिएमा असार २२ गतेबाट अनलाईन÷अफलाइन कक्षाहरु, टेलिभिजन, रेडियो÷एफ.एम. कक्षाहरु, विद्यालय प्रशासन लगायत सम्पूर्ण गतिविधिहरु माग सम्बोधन नभए सम्मका लागि पूर्ण रुपमा बन्द गरि प्रथम चरणको आन्दोलन घोषणा गर्न बाध्य हुनेछौ र यसबाट उत्पन्न हुने परिस्थिति, शिक्षक–कर्मचारीका तलब, घरभाडा बैंक ब्याज लगायतका दायित्वको जिम्मेवार नेपाल सरकार स्वयम् हुनुपर्ने समेत अवगत गराएका थियौँ ।
सो मागलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट असार २१ गते प्याब्सन, नेसनल प्याब्सन, अभिभावक संघ संगठन, शिक्षक महासंघ, इस्टु तथा मन्त्रालयका पदाधिकारी सहितको बैठक आयोजना गरि निजी विद्यालयहरुको साझा मागका सम्बन्धमा सकारात्मक रुपमा लिने पतिवद्धता व्यक्त भएको र मन्त्रालयका तर्फबाट कोरोना संक्रमण व्यबस्थापनको सरकारी संयन्त्रमा हाम्रा जायज मागलाई तत्कालै पेश गरि सम्बोधन गराउने मौखिक आश्वासन व्यक्त भए पश्चात वार्ता र संवाद जारी राख्ने विषयमा मन्त्रालय तथा अन्य सरोकारवालाबीच सहमति भई तत्काललाई आन्दोलनको कार्यक्रम स्थगत गर्न मन्त्रालयद्वारा आग्रह गरियो । सोही अनुसार सकारात्मक निर्णयको आज मिति २०७७ असार ३१ गते सम्म संयमित रुपमा प्रतिक्षारत रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छौँ ।
यसैबीच दुवै संगठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालय समक्ष पेश गरेको ज्ञापन–पत्रमा उल्लेखित विषयहरुको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एकसाता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ । तसर्थ २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौ ।
अन्त्यमा अभिभावकज्यूहरुले दर्शाउनु भएको सद्भावका लागि धन्यवाद दिन चाहान्छौँ । विद्यार्थीहरुको शिक्षण सिकाईका प्रक्रिया अवरुद्ध हुने विषय प्रति अत्यन्तै दुःखी छौ । नेपाल सरकार शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चात मात्र विद्यालयका प्रशासन खुल्ला हुनेछन् ।
विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाख देखि असार सम्मको शिक्षक कर्मचारीहरुको तलब लगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमश भुक्तानी गरिनेछ । समस्या समाधनका लागि प्याब्सन तथा नेसनल प्याब्सन वार्ता संवादका लागि सदैव सकारात्मक रहेको व्याहोरा अनुरोध गर्दछौँ । यसबाट पर्न जाने असुविधाप्रति सम्पूर्ण सरोकारवालाहरुसँग क्षमाप्राथी रहदै उचित निकासका निम्ति हार्दिक अपिल गर्दछौँ ।
........................ .......................
ऋतुराज सापकोटा टिकाराम पुरी
अध्यक्ष अध्यक्ष
नेसनल प्याब्सन प्याब्सन
प्रतिकृया दिनुहोस