ओली-प्रचण्डको तीन घण्टा छलफल : ओलीको यस्तो प्रस्ताव

Oli dahal 23

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो । यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् ।

शक्ति संघर्षले फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच वार्ता भएको हो । सो वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरा भएको स्रोतले बताएको छ ।

नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्ने छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए । लगातार भेटवार्ता भएपछि सहमति हुन सकेको छैन ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् । विवाद समाधानका लागि २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...