बुधबारसम्मका लागि फेरि सर्‍यो नेकपाको स्थायी कमिटीको बैठक, शीर्ष नेताहरु सहमतिको प्रयासमा

Nekapa ma kurci bibad

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक फेरि स्थगित गरिएको छ ।

नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

मंसिर ४ गते भएको सहमतिलाई आधार बनाएर कार्यदलले अध्यक्षद्वयलाई विभिन्न सुझाव दिने तयारी गरेको छ । कार्यदलको सुझावमा दुवै अध्यक्षबीच थप छलफल गर्नुपर्ने देखिएपछि आजका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सहमतिमा फेरि स्थगित भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच आइतबारको छलफलमा सुरुवातमा भनाभन भएको थियो । अन्तिममा दुवै अध्यक्ष कार्यदल बनाएर सहमति खोज्न तयार भएका थिए ।

ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्माले बालुवाटारमै आइतबार नै झण्डै चार घन्टा सहमतिका विभिन्न विकल्पमा छलफल गरेका थिए ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन । सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको छ । यद्यपि आइतबारदेखि नेकपाको राजनीतिले नयाँ मोड लिने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...