साउन १५ भित्रै एसईईको नतिजा ल्याउने परीक्षा बोर्डको तयारी

See bord

काठमाडौं । आगामी साउन १५ भित्रै एसईईको नतिजा आउने भएको छ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय) मा पठाउन भनेको छ ।

‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७’ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको हो । ‘यो २०७६ सालको एसईई भएकाले चाँडो गर्नु पर्नेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भरसक साउन १५ एसईई नतिजा ल्याउन सक्नुपर्छ भन्ने तयारीमा छौं ।’

‘आ–आफ्नो विद्यालयको कोड राखी एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमशः इन्ट्री गरी,’ बोर्डले जारी गरेको सूचनामा छ, ‘मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।’

समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको ‘मार्क लेजर’ भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...