एमसीसीविरुद्धका मन्त्रालयकै गेटमा पोस्टर

Mccnepal9

बुटवल । प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयको गेटमा एमसीसीको पोस्टर टाँसिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले एमसीसी सम्झौता राष्ट्रघाती परियोजना भन्दै यसको खारेजीको माग राखेर मन्त्रालयको गेटमा पोस्टर टाँसेको हो।

बुटवलको मुख्य चोक रहेको मिलनचोकमा पोस्टर टाँसिएको स्थानियले बताएका छन् । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पारित गराउन प्रधानमन्त्री केपी वली, काङ्ग्रेस सभापति शेरबहादुर देउवाहरू मरिमेटेर लागेपछि उक्त कार्य राष्ट्रघाती भएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

उक्त विषयलाई लिएर सत्ताधारी पार्टीभित्र नै तीव्र विवाद र बहस जारी छ । केही समयपहिले संसद्मा केपी वलीले एमसीसी परियोजना झ्यालबाट नभई सीधै ढोकाबाट भित्रिने आशय व्यक्त गरेपछि उक्त परियोजना राष्ट्रघाती भएको भन्दै नेकपाका महासचिव विप्लवले विरोध गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।

उक्त कार्यक्रमअनुसार मुलुकका अन्य भागमा झैँ रूपन्देहीमा पनि नेकपाले सम्झौतापत्र जलाउने, मशाल जुलुस, पुतलादहन, पर्चा वितरण, विभिन्न स्थानमा कोणसभालगायत सङ्घर्षका कार्यक्रम गर्दै आएको थियो ।

रूपन्देहीमा विभिन्न राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, वकिल, प्राध्यापक, विद्यार्थी, लेखक, संस्कृतिकर्मी, नागरिक समाज एवम् विभिन्न सरोकारवालाहरूले यो सम्झौताको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...