साँढे ९ बजे आकस्मिक नेकपा सचिवालय बैठक बस्दै, एमसीसी विवाद टुंग्याउने प्रयास

Nekapa sachibalaya

काठमाडौं । एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकपूर्व प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करीब डेढ घण्टा भएको भेटवार्तामा समसामयीक राजनीतिबारे चर्चा भएको बताइएको छ । दुबै अध्यक्षबीचको छलफलपश्चात शुक्रबार बिहान ९ः३० बजे सचिवालयको बैठक बोलाउने निर्णय भएको थियो ।

नेकपामा एमसीसीबारे विवाद रहेको छ । सचिवालयका केही नेताहरू एमसीसी परिमार्जन बिना पारित गर्नुपर्ने पक्षमा रहेका छन् भने केही नेताहरू परिमार्जन सहित पारित गर्नुपर्ने पक्षमा रहेका छन् । नेकपा केन्द्रीय समिति बैठकले एमसीसी अध्ययन कार्यदल बनाउने निर्णय गरेको थियो ।

एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

यही जेठ १० गते बसेको नेकपा सचिवालयको बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा प्रारम्भिक छलफल भएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित थिए । केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन एमसीसी अध्ययन कार्यदलले पार्टीमा बुझाएको छ ।

एमसिसी परियोजना पास गर्ने मनस्थितिमा रहेका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममै परियोजनाअन्तर्गतको कार्यक्रम आएपछि असन्तुष्ट नेताहरूलाई मनाउने प्रयास गरेका थिए । १० जेठमा बसेको सचिवालयको अनौपचारिक बैठकमा पनि सरोकारवालासँग यसबारे छलफल भएको थियो ।

गत माघमा बनेको झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसिसी यथास्थितिमा पारित गर्न नहुने सुझाब दिएको थियो । तीन सदस्यीय कार्यदलमा संयोजक खनाल र सदस्य भीम रावलले यथास्थितिमा पास गर्न नहुने सुझाब दिए पनि परराष्ट्रमन्त्रीसमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने १५ बुँदे फरक मत राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...