कोभिड–१९ को पीडाले धर्मप्रति विश्वास रातारात नमेटिएला, तर...

N b giri 1 29

ईश्वरको अस्तित्व अस्वीकार गर्ने विश्वका विद्वानहरूको पंतिमा उहाँहरूको महामान्य घोषणालाई मञ्जुर गर्दै म आफ्नो विचार दृढ निश्चयताका साथ यसरी राख्दछुः ‘भगवान, गड, अल्लाह, ईश्वर भन्ने केही छैन ।’

अनि जसले भगवान, गड, अल्लाह तथा ईश्वरको रचना ग¥यो त्यो बेवकुफ हो । अनि जसले ईश्वरको प्रचार प्रसार गर्दछ, त्यो दुष्कर्मी हो । अनि जसले ईश्वरको पूजा अर्चना गर्दछ, त्यो असभ्य हो । अनि ईश्वर मान्ने मानिसहरू खुसामदी चेतनाहीन हुन् ।

कानले सुन्दा यो ‘ईश्वर’ भन्ने वस्तु धेरै नरम, दयालु मानव–जीवनलाई आत्मविभोर गराउने मद्यतगार साधक होला जस्तो आभास हुन्छ । कारण यो ईश्वर भन्ने वस्तु त्यसरी नै हाम्रो मानसिकतामा भरिभराउ छ । तर त्यस्तो केही होईन, यो एउटा मानव निर्मित मानसिक रोग हो, झमेला हो । यो वस्तु मानिसको एकताविरूद्ध क्रियाशील गराईने सनकी तानासाह हो । यसलाई त्यस्तै धुताहा, दुराचारी र तानासाही स्वभावका शोषक वर्गले मन पराउँछन् र लगनशील भएर यसलाई प्रयोगमा ल्याउने गरेका छन् । उनीहरू ‘ईश्वर’ नामद्वारा मानिसमाथि लगाम लगाउन र यसद्वारा आर्जन गरिएका सम्पत्तिले आफु र आफ्ना सेनाको पेट भर्ने कार्य गर्दछन् । ईश्वर मानिसलाई सम्मोहित गर्ने प्रच्छन्न मायाजाल हो । यसबाट मुक्त हुन मानिसमा अदम्य साहस चाहिन्छ ।

भगवान, गड, अल्लाह तथा ईश्वर मान्नेलाई ‘आस्तिक’ भनिन्छ नमान्नेलाई ‘नास्तिक’ भनिन्छ । आस्तिक हुनुमा ज्ञान विवेकको आवश्यकता पर्दैन । तर नास्तिक हुनु सजिलो छैन । कुनै पनि नासमझ मानिस ईश्वर तथा अल्लाहको अस्तित्वलाई स्वीकार गरेर स्वतन्त्र हुन्छ, जसको लागि बुद्धिको जरूरत पर्दैन । परन्तु नास्तिक हुनु तथा ईश्वरको अस्तित्व अस्वीकार गर्नको लागि ‘दृढ़ विश्वास र साहसको’ जरूरत हुन्छ । त्यस्तो योग्यता ती मानिसहरूमा हुन्छ, जसमा प्रखर तर्क–बुद्धि र प्राकृतिक भावना हुन्छ । अतएवः ईश्वर एउटा अन्धविश्वास हो अनि यो ‘अन्धविश्वास’ यस्तो रसायन हो यसले मानिसलाई मूर्ख बनाउनमा काम गर्दछ ।

अब हामी कोरोना महामारीको प्रसंगलाई धर्मसँग जोडेर हेर्ने प्रयास गरौं । कोभिड–१९ को महामारीको प्रभाव सम्पूर्ण विश्वमा फैलिरहेको छ । यसभन्दा पहिला भएको महामारी जस्तो नभई अनौठो प्रकारले मानिसहरू यसको शिकार भएका छन् । धर्मका संगठनहरू जो मानव व्यवहारमा रहेका छन्, उसमाथि सबैभन्दा कडा प्रभाव भएको देखिन्छ । मानिसमा एक यस्तो प्रवृत्ति छ तथा जब संकट आईपर्छ, तब मानिस आफ्नो सुरक्षाका लागि ईश्वरको गुफा खोज्दै जताततै दौडिन्छन् । जसले मानिसको बेचिएको मानसिकतालाई प्रकट गर्दछ । तर मानिसले आजसम्म ईश्वरको गुफाको सुरक्षा कहीँ कतै पनि भेटेका छैनन् ।

कोरोना भाइरस महामारीले धर्मलाई बिभिन्न तरीकाले असर गरेको छ । धर्महरूको सामूहिक पूजासेवा रद्द हुनु, प्रार्थना भवनहरू बन्द हुनुका साथै हर्षोउल्लाहसका साथ मनाइने धार्मिक तीर्थयात्राहरू पनि रद्द भएका छन् । गिर्जाघर, मन्दिर, मस्जिद तथा धार्मिक सभा घरहरूले यस महामारीको बीचमा टेलिभिजनमार्फत आफ्नो प्रार्थनाहरू प्रस्तुत गरे । बदलामा मानिसलाई ढाडस दिन धार्मिक संगठनहरूले माक्स, पञ्जा, भेन्टिलेटरर खाद्यन्न पठाए । धर्मका संगठनहरूले कोभिड–१९ निःशुल्क परीक्षणको प्रस्ताव राखेका छन् । उनीहरूले यस महामारीविरूद्ध लड्न चिकित्सकहरूका लागि प्रार्थना पनि गरे । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १ मार्च २०२० को दिन ‘आफ्नो राष्ट्रका जनतालाई चंगाई गर्न हात राख्नुहोस्’ भनी ईश्वरसँग प्रार्थना गर्नुभयो ।

कोभिड–१९ ले किन हजारौं लाखौं मानिसलाई मार्दैछ भन्ने प्रश्नको सबैभन्दा ईमान्दार जवाफ के हो ? किन यस्ता रोगहरूले मानवतालाई तहसनहस गर्दैछ अनि मानिस किन दुःखकष्ट भोगिरहेका छन् ? यी प्रश्नहरूको विषयमा ‘मलाई थाहा छैन’ भन्नु नै सबैभन्दा इमान्दार र सही जवाफ हुनसक्छ । कतिले यस्तो भाईरसले मानिसको जीवनमा अदृश्य रूपमा सकारात्मक योगदान पु¥याउँदछ भनेर पनि सुझाव दिनसक्छ । तर त्यस्तो सुझाव सोही अनुरूपका व्यक्तिलाई ठीक होला जसले केही पनि गुमाएको छैन । तर जसले आफ्नो प्रियजनहरू वा मित्रवरलाई गुमाएको छ, त्यस्ता दुःखीहरूलाई यस्तो सुझाव ठीक नहोला । बिडम्बना, यस्तो अवसरको उपयुक्त फाइदा उठाउन, दुःखकष्टको समयमा पनि धर्मका अनुयायीहरूको पीडितप्रति प्रश्न हुनसक्छः ‘यस्तो दुःखको बखत के तिमी आफुले नचिनेको नबुझेको ईश्वरलाई विश्वास गर्न सक्नुहुन्छ ?’ दुःखको रहष्य उत्तरहीन छ भने त्यस्तो अवस्थामा त्यो पीडित कहाँ जाने त ? तसर्थ धर्मका प्रचारकहरू र पीडितका लागि पनि ईश्वर नै रूचेको र सजिलो विकल्प हुनसक्छ ।

शताब्दीऔंदेखि प्राकृतिक प्रकोपहरू सम्बोधन गर्ने क्रममा धेरैले आ–आफ्ना विचार राखेका छन् । सबैभन्दा साधारण रूपमा ‘दुःखकष्ट भनेको जीवनमा एउटा परीक्षा हो’ भनेर विचार राख्नेहरू धेरै छन् । दुःखकष्टले ईश्वरप्रति हाम्रो विश्वासलाई परीक्षा गर्छ यसले हामी विश्वासीलाई अझ बलियो बनाउँछ भन्छन् धर्मप्रचारकहरू । ‘तपाँईको विश्वासको परीक्षाले धीरज उत्पन्न गराउँछ’ भनी बाईबलमा भनिएको छ । साधारण दुःखहरूले हाम्रो धैर्यताको परीक्षण गर्न सहयोग पु¥याउन सक्ला । तर ठूलाठूला महामारी, मानव अनुभवका सबैभन्दा पीडादायी दुःखहरूले मानिसको धैर्यताको बाँध तोड्नेछ । त्यस्तो अवस्थामा धैर्यता असफल हुनेछ ।

इतिहास याद गराउँदछ, चौधौं शताब्दीमा युरोपबाट फैलिएको बुबोनिक प्लेग वैश्विक महामारीले विश्वमा २० करोडभन्दा बढी मानिसहरूको ज्यान लिएको थियो । जसलाई ‘ब्लैक डेथ’ भनिन्छ । त्यसबखत शुरूवातमा बिभिन्न धर्मगुरूहरूले यो महामारी मानिसहरू ब्यभिचारी भएर पृथ्वीमा पाप गरेका कारणले ईश्वरले सजाय गरेको हो भनेका थिए । उनीहरूले यस प्लेगबाट मुक्त भई बाँच्नका लागि आफ्नो पापको प्रायश्चित गर्नुपर्छ अनि त्यसका लागि ईश्वरमाथि विश्वास गरी प्रार्थना र तपष्या गर्नु भनेका थिए । तर जब यी सबै प्रयासहरूको बाबाजूद प्लेगको हाहाकार रोकिएन । तब मानिसहरू धर्मप्रतिको विश्वासबाट बिस्तारै अलग्गिन थालेका थिए । यद्यपि, ईश्वरप्रतिको प्रेम यथावत् रहेको थियो । बुबोनिक प्लेगले युरोपका धार्मिक सम्प्रदायहरूप्रति क्रोध उत्पन्न गराएको थियो । धर्मको इतिहासमा यूरोपमा यसले सबेभन्दा ठूलो सुधारवादी क्रान्ति ल्याएको थियो ।

पन्ध्रौं शताब्दीमा प्रिन्टिङ प्रेसको अविष्कार भएको थियो । त्यतिबेला त्यो एउटा प्राविधिक विकास मात्र थियो, जसले सामूहिक साक्षरता र धार्मिक गतिलाई तीब्र बनाएको थियो । तर त्यो अविष्कारले जनसाधरणलाई धार्मिक पदानुक्रमका अभिमानी तथा भ्रष्ट व्यक्तिहरूसँग हुने गरेका भेटघाट र अन्तत्र्रिmयालाई अलग्याउन मद्दत पु¥याएको थियो । तदनुरूपः धर्मका संगठनहरू कमजोर भएका थिए । त्यसरी नै कोभिड–१९ ले अब संस्थागत रूपमा रहेको धर्मको अस्तित्वलाई चुनौति दिएको छ । बुबोनिक प्लेग र प्रिन्टिङ प्रेसले युरोपका क्याथोलिक र्चचहरू र अन्य धर्मका संस्थाहरूलाई जसरी प्रभाव पारेको थियो यो कोभिड–१९ र मोबाइल फोनले पनि आजको २१औं शताब्दीमा धर्मका संगठनहरूलाई प्रत्यक्ष असर गर्ने निश्चित देखिन्छ ।

यद्यपि, वर्तमान २०१९–२०२० को कोभिड–१९ महामारीले धर्मलाई कसरी असर गर्नेछ भन्ने एउटा महत्वपूर्ण विषय बनेको छ । के यसले धार्मिकतालाई नयाँ उचाईमा पु¥याउने छ वा यसले बिभिन्न धर्महरूको जगलाई हल्लाउने छ भन्ने गम्भीर छलफलको विषय हाम्रो अघि छ ।
दक्षिण कोरियामा सिन्चेओन्जी धार्मिक समूहबाट कोरोना भाईरस फैलिएको भन्ने आरोप छ । त्यहाँको सरकारको कार्ययोजनालाई समेत यसले असर पारेको छ । चीनको वुहानबाट फैलिएको यो भाईरसबाट जोगिन भ्याटिकन सिटीदेखि इरानसम्मका मक्का–मदिना सबै धार्मिक पूजा स्थलहरू पूर्णरूपमा बन्द गरिएको छ । धार्मिक अधिकारीहरूले पूजा–अर्चना गर्नेहरूलाई उनीहरूको मन्दिर, मस्जिद र गिर्जाघरहरूमा भेला हुनुको साटो आफ्नै घरभित्र बसी टिभी, फेसबुक आदि च्यानलहरूबाट प्रसार भएका धार्मिक समारोहहरू हेर्न र घरमै बसी पूजा–अर्चना गर्न आग्रह गरेका छन् । यस्ता पहलहरूले धर्मका संगठनहरूमाथि कस्तो प्रकारको दीर्घकालीन असर पार्दछ त्यो पनि एउटा अध्ययनको विषय बनेको छ ।

हामीले अनुभव गरेका छौं कि मनुष्य संकटको समय सदैव केही न केही रूपमा सुरक्षा र सहारा चाहन्छ । अनि धर्मगुरूहरूले जहिले पनि यस्तो विषम् परिस्थितिलाई उनीहरूको महत्व र उपस्थिति मानिसलाई महसुस गराउने अवसरको रूपमा रूपान्तरण गर्दछन् । यसपालिको कोभिड–१९ को महामारीले धर्मको भेद खोलेर मानिसलाई धर्मबाट स्वतन्त्र बनाउने हो वा धर्मको कार्यरूपमा परिवर्तन हुने हो हामीले नियाल्नु पर्नेछ । तर जे भए पनि मानिसले दुबैतर्फ जित हासिल गर्ने निश्चित देखिन्छ । कोभिड–१९ को कारण धर्मप्रति मानिसको विश्वास रातारात नमेटिएला । तर धर्मको व्यवसाय र यिनीहरूको प्रभाव पहिलाको जस्तो रहने अवस्था देखिँदैन ।

सबैभन्दा पहिला धर्मका संस्थाप्रतिको विश्वासमा ह्रास आउने छ । सन् १९७० को दशकतिर सार्वजनिक स्थलहरूमा प्रार्थना गरिने प्रवृत्ति स्थायीत्वमा आएको थियो । टेलिभिजनको आगमनले धर्मका अभियानहरूप्रचार–प्रसार गर्न र प्रार्थना सभाहरू उत्कृष्ट बनाउन सजिलो भएको थियो । त्यसबखत धार्मिक अभियानलाई पच्छयाउने मानिसहरूको ठूलो जमात हुन्थ्यो । तर अब कोभिड–१९ महामारीको कारण यो अनुमान लगाउन कठिन हुँदैन कि त्यो जमात घटिसकेको छ ।

धर्मका नेताहरूले सदैव आफ्नो धर्मका समुदायको भावनाको रक्षात्मक वकालत् गरेको पाईन्छ । यसले मानिसहरूको समूहलाई एकआपसमा निस्वार्थ रूपमा मिलेर बसाउनुको साटो आफ्नो धार्मिक रीतिथीतिहरूद्वारा सामुदायिक बन्धनहरू खडा गर्दछ । धार्मिक संस्थाहरू मानिसको विवश अवस्थाको फाइदा उठाउँछन् । कोभिड–१९ ले यसप्रकारका धर्मका संगठनहरूको मूल विशेषतामाथि पनि प्रहार गरेको छ ।

मोबाइल फोनको प्रवेशले अधिकाशं मानिसहरू इन्टरनेट कनेक्टीभिटीद्वारा बनाईएको व्यक्तिगत दुनियाँमा तल्लीन छन् । हिजोसम्म धार्मिक समारोहहरू त्यस्ता थिए, जहाँ मानिसहरूले मोबाइल फोनलाई अलग राखेर ध्यानपूर्वक बचन सुन्दथे अनि वरपरका मानिसहरूसँग कुराकानी गर्दथे । अब उप्रान्त काभिड–१९ ले गरेको विनाश, मानव संहारको कारण धर्मका समारोहहरू जो धार्मिक अन्र्तक्रियाका लागि प्रभावकारी अवसरहरू थिए । त्यसमा निर्विवाद परिवर्तन आउने निश्चित छ । यो मानव व्यवहारकोएउटा महान् परिवर्तन हुनेछ ।

यदि यो भाईरसको चुनौति तथा खतरा लामो समयसम्म रही रह्यो भने सांगठनिक धर्मका समारोहहरू मोबाइल फोनमा नै सीमित रहने तथा मोबाइल फोन सांगठनिक धर्मका गतिबिधिहरू हेर्ने र आफ्नो प्रतिक्रिया जनाउने उपयुक्त माध्यम हुने निश्चित् देखिन्छ । यसप्रकारको नयाँ व्यवहार जसमा बहुत कम प्रयासको आवश्यकता पर्दछ । यो सजिलैसँग मानिसको बानी व्यवहारमा आउन सक्छ । किनभने परम्परागत व्यवहार धेरै कठिन र अव्यवहारिक पनि छ । परन्तु व्यवहारिक विज्ञानले हामीलाई यस्तो बताउँछ कि कुनैपनि नयाँ कुरा व्यवहारमा आउन मानिसको त्यो नयाँ विषयप्रतिको रूची र त्यसलाई व्यवहारमा ल्याउन गरिएको मानिसको स्वयमसिद्ध प्रयासमा भर पर्दछ । यदि सांगठनिक धर्मका कार्यक्रमहरूमा मानिसको उपस्थिति गराउने प्रयासहरू असफल हुन्छन् भने मानिसको धर्मप्रतिको रूची तथा प्रतिबद्धता अनुपातिक रूपमा क्रमशः घट्दै जानु हो । धर्मका संगठनहरूका लागि यो शुभ लक्षण होईन

प्रतिकृया दिनुहोस

साताको लोकपृय