नेकपाको स्थायी कमिटी बैठक स्थगित, केही दिनमै टुंगो लाग्ने
काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।
बुधबार सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । ओली र प्रचण्डकै सल्लाह बमोजिम बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो । बैठकको अर्को मिति केही दिनमै टुंगो लाग्ने भएको छ ।
‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’
प्रतिकृया दिनुहोस