नेपाली कांग्रेसमा महाधिवेशन छिटो गर्न दबाब

काठमाडौं । सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् ।

काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन् ।

पार्टी विधानलाई संघीय संरचनाअनुसार तयार गरेको काँग्रेसले आसन्न १४औँ महाधिवेशनको पूर्व तयारीस्वरूप यो अभियान सुरु गरेको हो । देशका ७७ वटै जिल्ला सदुरमकामबाट अभियान सुरु भएको र अभियान स्थानीय तहसम्म पुगेर पुनः जिल्लामा आएर शनिबार समापन गरिएको जानकारी दिइएको छ । 

निर्वाचनपछि पहिलो पटक ७७ वटै जिल्लाको प्रायः सबै स्थानीय तहमा भएका जागरण अभियानमा जिल्लास्तरका नेता तथा कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य हुनुपर्ने र पार्टीका संरचनाहरू छिटो तयार हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...