विभिन्न संसदीय समितिहरुको बैठक आज बस्ने, बजेटमाथीको छलफल दश दिनपछि

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न समितिहरुको बैठक आज बस्ने भएका छन् । विकास समितिको बैठक विहान ११ बजेपछि बस्ने तय भएको समितिको सचिवालयले जनाएको छ ।

बैठकमा मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गका रुग्ण पुल र सार्वजनिक खरिद नियमावली संसोधन सम्बन्धमा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसँग छलफल हुने भएको हो । त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि विहान साढे ११ बजेपछि बस्ने गरी बोलाइएको छ । 

संसद सचिवालयका अनुसार विधायन, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित लगायतका समितिहरुको बैठक पनि आजै बस्ने भएका छन् । 

अर्थमन्त्री डा युवराज खतिवडाले बार्षिक बजेट पेश गरेपछि यही जेठ २७ गते सम्म बैठक स्थगित भएकाले समितिहरु थप सक्रिय भएका छन् । 

बजेटका बारेमा २७ गतेपछि मात्रै संसदमा छलफल हुने तय भएको संसद सचिवालयले जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...