जागरण अभियानले कार्यकर्तामा उत्साहः नेता सिटौला

विराटनगर । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले सञ्चालन गरेको जागरण अभियानबाट कार्यकर्ताहरुको भावना बुझ्न मद्दत पुगेको बताएका छन् । 

उनले आगामी दिनमा कार्यकर्ताहरुबाट आउने असल सुझाव र सल्लाहलाई पार्टी नेतृत्वले ग्रहण गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले प्रचलनमा ल्याउनुपर्ने सुझाव दिए । 

सरकारको एक वर्षको कार्यकाललाई मूल्याङ्कन गर्दा उल्लेखित काम नभएको र जनताको गुनासो बढेको उनको भनाइ थियो । नेता सिटौलाले संवैधानिक निकायलाई निष्पक्ष काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्दै नेत्रविक्रम चन्द समूहले हिंसात्मक गतिविधिलाई रोकी शान्तिपूर्ण ढङ्गले सरकारसँग वार्ता गर्न सुझाव दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...