देव गुरुङ भन्छन्, विप्लवको गतिबिधि नियन्त्रणमा नआए विदेशी सेना परिचालन हुनसक्छ
संविधान विपरितका काम कारबाही नियन्त्रण गरिन्छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देब गुरुङले विप्लव समुहको गतिबिधि नियन्त्रण नभए विदेशी सेना परिचालन हुनसक्ने बताएका छन् ।
उनले भने, हामीले सहमति, समझदारी र सम्वादकै प्रक्रियाबाटै अगाडि बढ्नुपर्छ भनिरहेका छौँ । अहिले हिंसात्मक गतिविधिबाट अगाडि बढ्ने समय होइन । हिंसाले मुलुकको राष्ट्रिय अस्मितालाई गम्भीर आँच पुर्याउँछ ।
अहिलेको अवश्यकता भनेको जुनसुकै राजनीनिक शक्तिसँग पनि संवाद नै गर्नुपर्छ । तर यसका लागि उहाँहरु तयार हुनुभएको छैन । जसले गर्दा केही जटिलता र समस्या पैदा भएको बताए । उनले भने, वार्ता र संवादको लागि तयार हुने कि नहुने भन्ने प्रश्न मुख्य कुरा हो । सरकार वार्ताका लागि सरकार तयार छ । गृहमन्त्रीले पनि वार्ताका लागि तयार रहेको बताए ।
प्रमुख सचेतक गुरुङले भने, कुनै पनि हालतमा द्धन्द्धको अवस्था सृजना गर्नु हुँदैन । सेना पचिालनको अवस्था आउनु भनेको विदेशी सेना नेपाल आएर हस्तक्षेप गर्नका लागि बाटो खुलाउनु जस्तै हो भन्दै द्धन्द्ध व्यवस्थापनको नाममा विदेशी सेना आउने पक्का हुन्छ उनले भने,।
अहिले पनि उहाँहरु वार्ताको लागि तयार नभएकाले यस्तो अवस्था आएको हो । बल प्रयोग र वार्ताको प्रयास दुवै प्रक्रिया अवलम्बन गर्नुपर्छ । वार्ताको परिस्थिती नहुँदासम्म वार्ताको ढोका खुला राख्दै संविधान विपरितका काम कारबाहीको नियन्त्रण गर्नुपर्छ ।
राष्ट्रिय अस्मिता बलियो भएर गएको अवस्थामा यस्ता प्रकृतिका घटना हुन पाउँदैनथे । राष्ट्रिय अस्मिता कमजोर भएको अवस्थामा मुलुकको आन्तरिक शक्तिहरुलाई बाह्य शक्तिहरुले खेलाउन पाउन परिस्थिती रहँदासम्म यस्ता घटना भइरहन्छन् ।
द्धन्द्धको अवस्था सृजना पनि हुन सक्छ । राज्य कमजोर हुन्छ । द्धन्द्ध व्यवस्थापनको नाममा विदेशी हस्तक्षेप बढ्छ । सेना परिचालन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसकारण अहिलेको अवस्थालाई थप जटिल बनाउन दिनुहुँदैन ।
प्रतिकृया दिनुहोस