जंगिदैँ ओलीले भने, तिमीहरुको माग के हो ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतवार साँझ राजधानीका विभिन्न स्थानमा ४ जनाको ज्यान जानेगरी विष्फोट गराएको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' समूहलाई आतंककारीको समूह भएको आरोप लगाएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विप्लव समूहलाई आतंककारी भएको बताएका हुन् । 'म त्यही आतंककारी समूहलाई सोधिराखेको छु, तिमीहरूको माग के हो ?' प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, 'चाहिएको के हो ?'  
प्रधानमन्त्री ओलीले थपे, 'बाह्य लगानी आउन नदिने ? सरकारले छुट्याएको बजेट आयोजनामा नलगेर बीचमा लुटपाट होस् भन्ने चाहने ? यो बहुतै गम्भीर कुरा हो । सरकार यस कुरामा चिन्तित पनि छ र यस्ता कुरा रोक्न दृढ पनि छ ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...