भागबण्डामा समय खेर फाले नगरको विकासमा हुन नसक्ने नेता नेपालको भनाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले त्याग, इमान्दारी र निस्वार्थ भावनाका साथ स्थानीय तहका पदाधिकारीहरुले जनताको सेवा गरेमा मात्रै मुलुकमा सुशासन कायम हुने बताएका छन् । 

जिल्ला समन्वय समिति रौतहटको दोश्रो जिल्ला सभाको उद्घाटन गर्न पुग्नु भएका नेता नेपालले यस्तो धारणा राखेका हुन् । स्थानीय तहका प्रमुखहरुले रकमको भागबण्डामा समय खेर फालेको बताउदै उहाँले आफनो नगरको विकास गर्न योजनाहरु तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

वरिष्ठ नेता नेपालले शिक्षा,  स्वास्थ्य, खानेपानी, सरसफाई, सडक, विद्युतीकरण जस्ता कार्यक्रमलाई योजनबद्ध गरेर विकास निर्माणको प्रक्रिया अगाडी बढाउनुको साथै वेरोजगारी अन्त्य गर्नका लागि विभिन्न सिप विकासको कार्यक्रमहरु ल्याएर पालिका , पालिका विच प्रतिस्पर्धा गर्नु नितान्त आवश्यक रहेको स्पष्ट पारेका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...