प्रधानमन्त्री ओलीको प्रश्नः बम पड्काउने आतंककारी समूहलाई के चाहिएको हो ?
ललितपुर । प्रधानमन्धी केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको माग के हो भनेर प्रश्न गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?
संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीले बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए ।
विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे । प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस