बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुदैनः अध्यक्ष प्रचण्ड

यो बन्द बम विस्फोट अन्तिम–अन्तिमतिर हुनुपर्छ

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बम आतंक फैलाएर राजनीतिक उदेश्य प्राप्त नहुने बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने,  उहाँहरुले बन्द इत्यादि जे गर्नुभएको छ, प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो भन्ने मैले बुझेको छु ।

उनले भने,मलाई लाग्छ, यो बन्द बम विस्फोट अन्तिम–अन्तिमतिर हुनुपर्छ । उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन । शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन । अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना र भावना, राष्ट्रको आवश्यकता बम पड्काउने हुँदै होइन उनले भने, यतिबेला हामी सबै मिलेर विकास र समृद्धितिर र समाजवादतिर जाने तयारी गर्नुपर्छ ।

उनले विप्लव समूहसँग सरकारले वार्ताको पहल गरिरहेको पनि बताए । परिणाम निस्केपछि सबै कुरा थाहा हुने उनको भनाइ छ । वार्ताको लागि पहल भइरहेको होला । पहिले सिके राउतसँग पनि वार्ताको पहल भइराखेको थाहा भएन । एकैपटक परिणाम थाहा भयो , उनले भने, विप्लव समूहसँग पनि परिणाम निस्केपछि सबै कुरा थाहा हुन्छ । 

उनले विप्लव समूह वार्तामा आउने भनेपछि प्रतिबन्ध ठूलो समस्या नहुने बताए । प्रचण्डले एकदुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नसोच्न पनि आग्रहसमेत गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...