गृहमन्त्री थापालाई कांग्रेस सांसदको प्रश्नः मारिने नागरिक नभए कुन देशका हुन् ?
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधि सभामा बोल्दै बम विस्फोटमा मारिने नागरिक नभएको बताएका छन् । प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री थापाले बम विस्फोटमा मृत्यु र घाइते भएका विप्लवका कार्यकर्ता भएको बताए ।
‘उनीहरू नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको कार्यकर्ता हुन्,’ मन्त्री थापाले भने । तर प्रतिनिधि सभामा कांग्रेस सभासद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को हुन् ? भन्दै प्रश्न गरेका थिए ।
बैठकमा थापाले चन्दले जनपरिषद गठन गरेको, नेकपा नामक पार्टी गठन गरेको, ४ वटा कम्पनी निर्माण गरेको, संविधानविरूद्ध गैरकानुनी काम गरेको बताएका थिए ।
प्रतिकृया दिनुहोस