गृहमन्त्री थापा भन्छन्ः विप्लवद्धारा ४ कम्पनी जनसेना र जनसरकार गठन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जन सरकार र जनसेना बनाएको बताएका छन् । 

 काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।  जरुरी सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री थापाले विप्लव भन्‍ने समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएका बताए ।

विप्लवले जन सरकार गठन गरिसकेका छन् । जनसेनाका ४ कम्पनी खडा गरेका छन् गृहमन्त्री थापाले भने । गृहमन्त्री थापाले देशव्यापी भ्रष्टाचारको विरोधमा भन्दै एनसेल टावर र विभिन्‍न ठाउँमा विप्लवले ध्वंश मच्चाएको उनले बताए ।

उनीहरूको मूल निशाना उपत्यका बनेको छ । हिजो पनि उपत्यकामा ठाउँठाउँमा विस्फोट भए उनले भने, हिजो मात्रै चार जनाको मृत्यु भयो, दर्जनौँ घाइते भएका छन् ।

काठमाडौंमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिक नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी थापाले गरे । घाइतेहरु पनि विप्लव समूहकै रहेका उनले बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...