कांग्रेसको जागरण अभियान सत्ताको लागि नभई जनताको लागिः नेता कुँइकेल

महोतरी । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य दीपक प्रसाद कुँइकेलले नेपाली कांग्रेसको जागरण अभियान सत्ताको लागि नभई जनताको लागि भएको बताएका छन् ।

जलेश्वरमा राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दैै केन्द्रीय प्रतिनिधि कुँइकेलले वर्तमान संघीय सरकार र प्रादेशिक सरकारले गरिरहेको कार्यको भण्डाफोड गर्दै जनतालाई जानकारी दिन तथा गोलबन्द गर्ने उद्देश्यले जागरण अभियान गरिएको बताए ।

उनले भ्रष्टाचार, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, न्यायालयमा हस्तक्षेप, प्रतिपक्षको कुरा नसुनिएको लगायतका विविधक्षेत्रको बारेमा जनताहरुसंग घनिभूतरुपमा छलफल गर्ने र जानकारी दिने बताउँदै जागरण अभियानपछि वर्तमान सरकार आफै ढल्ने बताए । उनले भने, ‘सरकार आफैँ ढल्दैछ, हामीलाई केही गर्ने पदैन ।’

पत्रकारहरुले नेपाली काँग्रेसकै कार्यकर्ताहरुबाट काँग्रेस कमजोर भएको हो नि ? भनेर सोधेको प्रश्नको जवाफमा केन्द्रीय प्रतिनिधि कुँइकेलले यो नेपाली काँग्रेसको कार्यकर्ताको लागि सजगताको अभियान समेत भएको बताए । ‘यो अभियानपछि कार्यकर्ता सजग भएन भने हामी कारवाही समेत गर्छौँ’, उनले भने ।

अहिलेका स्थानीयतहहरुले विकास निर्माणको कार्यहरु दु्रतगतिमा गरिरहेपनि पर्यावरणलाई ध्यान नदिएकोप्रति रोष प्रकट गर्दै उनले नेपाली काँग्रेसले प्रतिनिधित्व गरेका पालिकाहरुमा पर्यावरणमैत्री विकास गर्न निर्देशन दिइसकेको बताए ।

उनले नदिजन्य पदार्थहरुको उत्खनन गर्दा पनि भूक्षय, पानीको श्रोत दोहन नहुने गरी ठेक्का लगाउन निर्देशन दिएको र त्यसको पनि निरन्तर अनुगमन गर्ने कार्य भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...