राज्यको सबै निकायलाई प्रधानमन्त्री ओलीले शक्तिको बलमा नियन्त्रण लिन खोजे: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जनताबाट निर्वाचितबाटै प्रजातन्त्र खतरामा परेको बताए । जनताका प्रतिनिधिले नै प्रजातन्त्रको उपहास गर्दै प्रजातान्त्रिक ब्यवस्थालाई खतरातर्फ धकेलेको उनको आरोप छ ।
कांग्रेसले सुरु गरेको जनजागरण अभियान अन्तरगत काठमाडौंमा आयोजित कार्यक्रममा उनले राज्यको सबै निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको बलमा नियन्त्रण लिन खोजेको आरोप लगाए । संघीयता चलाउन वर्तमान सरकारले नसकेको आरोप लगाउँदै नेता थापाले केन्द्र चलेर मात्रै संघीयता कार्यान्वयन नहुने बताए ।
कांग्रेस नेता बालकृष्ण खाँडले पनि जनतामा निराशा छाएको र त्यसकै कारण फेरि मुलुक द्वन्द्वमा जान सक्नेतर्फ संकेत गर्दै यसमा सचेत हुन आग्रह गरे । सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान नै खतरामा पर्ने सम्भावना रहेको बताउँदै नेता खाँडले “कम्युनिस्टको सर्वसत्तावाद सोचबाट एक दलीय व्यवस्था ल्याउने खतराले गर्दा जनतालाई सुसूचित गर्न जागरण अभियान चलाइएको बताए । उनले भ्रष्टाचार र सार्वजनिक जग्गा हिनामिना गर्न जनताले बहुमत नदिएको टिप्पणी समेत गरे ।
प्रतिकृया दिनुहोस