आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउछ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने दाबी गरेका छन् । भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत ल्याएर सरकार बनाएको प्रसंग सुनाउँदै उनले मेहनत गरे आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न कसैले रोक्न नसक्ने बताए । 


बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न अब नअल्मलिकन राप्रपाको झण्डामुनी गोलवद्ध हुन उनले सबैमा आग्रह गरे । सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिल राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको बताए ।  


शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दूरगामी सोचका साथ राप्रपा क्रियाशील रहेकोले पार्टीको उद्देश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन आग्रहसमेत गरे । विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...