नेकपा, कांग्रेस र समाजवादी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीमा एक सय १० जना प्रवेश गरेका छन् । सोमबार एक कार्यक्रमकाबिच जिल्लाको हरिनास गाउँपालिकामा प्रवेश गरेका हुन् । 


हरिनास गाउँपालिकाको क्याग्मीमा भएको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा पार्टीका संघीय परिषद् उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज हस्त बहादुर किजिम मगर र उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार (खाती) ले संयुक्त रुपमा स्वागत गरे।

परियारले जनमुक्ति पार्टी सबै उत्पीडित वर्ग समुदाय, क्षेत्र, लिङ्गको पार्टी भएको साथै बहुदलीय लोकतान्त्रिक समाजवाद,जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशीकरणको नीति अवलम्बन गरेको बताए। नव प्रवेशी पार्टी कार्यकर्ता,स्याङ्जा जिल्ला कमिटी र प्रदेश कमिटीका अध्यक्ष तथा सदस्यहरु समेत सहभागी रहेको उक्त कार्यक्रममा जनताको व्यापक उपस्थिति थियो।

उक्त कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष मन्धरी आले,जिल्ला अध्यक्ष बोम बहादुर लामिछाने लगायतले मन्तव्य राखेका थिए । जनमुक्ति पार्टीले गण्डकी प्रदेशलाई विशेष क्षेत्रको रुपमा विकसित गर्ने बताइसकेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...