कांग्रेसले गठन गर्यो छायाँ सरकार, यस्तो छ २१ वटै मन्त्रालयको समन्वय समिति
काठमाडौँ । प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छाँया मन्त्रीको जिम्मेवारी दिएका हुन् ।
ती सांसदहरुले कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समितिको नेतृत्व गर्ने छन् । सरकारका समानान्तर मन्त्रालयको निगरानी गर्न उनीहरुले संयोजक भएर भूमिका खेल्नेछन् । संयोजकको अतिरिक्त सदस्य पनि तोकिएका छन् । समानान्तर मन्त्रालयको कामकारबाहीको निगरानी गर्नु उनीहरुको मुख्य काम हुनेछ ।
हेर्नुहोस् सूचीः
१. उर्जा, जलस्रोत तथा सिंचाई
संयोजकः ज्ञानेन्द्र बहादुर कार्की
सदस्यहरूः सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल
२.परराष्ट्र मन्त्रालय
संयोजकः डा. नारायण खड्का
सदस्यहरूः डा.अमेरश कुमार सिंह र दिव्यमणी राजभण्डारी
३. अर्थ मन्त्रालय
संयोजकः डा. मिनेन्द्र रिजाल, संयोजक
संयोजकहरूः मीना पाण्डे र विनोद कुमार चौधरी
४. गृह मन्त्रालय
संयोजकः दिलेन्द्रप्रसाद वडू
सदस्यहरूः रमेशजंग रायमाझी र महेन्द्र कुमारी लिम्बू
५. शहरी विकास मन्त्रालय
संयोजकः उमाकान्त चौधरी
सदस्यहरूः मीनाक्षी झा र रामबहादुर विष्ट
६. युवा तथा खेलकूद मन्त्रालय
संयोजकः किशोर सिंह राठौर
सदस्यहरूः रंगमति शाही र दुर्गा प्रसाद उपाध्याय
७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
संयोजकः मीनबहादुर विश्वकर्मा, संयोजक
सदस्यहरूः विन्दा देवी आले राना र कर्मा घले
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
संयोजकः गगन कुमार थापा
सदस्यहरूःउमेश श्रेष्ठ र नमिता कुमारी चौधरी
९. खानेपानी मन्त्रालय
संयोजकः सुजाता परियार
सदस्यहरूः मिना सुब्बा र नागेन्द्र कुमार राय
१०.स्वास्थ्य तथा जनसंख्या
संयोजकः पार्वता डि.सी. चौधरी
सदस्यहरूः सीताराम महतो र मोहन आचार्य
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संयोजकः देवेन्द्रराज कण्डेल
सदस्यहरूः प्रकाश स्नेही रसाइली र प्रमिला राई
१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
संयोजकः डा. डिला संग्रौला पन्त
सदस्यः प्रकाश पन्थ
१३. सञ्चार तथा सूचना प्रविधि
संयोजकः बहादुर सिंह लामा
सदस्यहरूः सूर्यबहादुर केसी र विमला नेपाली
१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
संयोजकः लक्ष्मी परियार
सदस्यहरूः प्रमोद कुमार यादव र स्मृति नारायण चौधरी
१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
संयोजकः अतहर कमाल मुसलमान
सदस्यहरूः तेजुलाल चौधरी र धन कुमारी खतिवडा
१६. कृषि तथा पशुपंक्षी मन्त्रालयस्
संयोजकः पद्म नारायण चौधरी
सदस्यहरूः अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी
१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय स्
संयोजकः उमा रेग्मी
सदस्यहरूः लालकाजी गुरुङ्ग र हिरा गुरुङ्ग
१८. रक्षा मन्त्रालय
संयोजकः भिसेनदास प्रधान
सदस्यः अभिषेक प्रताप शाह
१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस्
संयोजकः सञ्जय कुमार गौतम
सदस्यहरूः जीप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना
२०. वन तथा वातावरण मन्त्रालय स्
संयोजकः राजेन्द्र कुमार के.सी.
सदस्यः मुक्ता कुमारी यादव
२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
संयोजकः राधेश्याम अधिकारी
प्रतिकृया दिनुहोस