कांग्रेस बिना मुलुकको विकास असम्भवः नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस बिना मुलुकको विकास असम्भव रहेको बताएका छन ।  नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेकोले काङ्ग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गरे ।

सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन् । केपी ओली शर्मा नेतृत्वको नेकपाको सरकार संघीयता असफल बनाउन लागेको बताएका छन् । उनले भने, “सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, ।

पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए । उनले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...