मंसिर पहिलो साता जनमुक्ति पार्टीको छैठौं महाधिवेसन हुने

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर पहिलो साता छैठौं महाधिवेसन गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय काठमाडौंमा बसेको केन्द्रिय कार्य समितिको बैठकले मंसिर ४ देखि ७ गतेसम्म धरानमा छैठौं महाधिबेसन गर्ने निर्णय गरेको हो ।

सो बैठकले हालै लोक जनशक्ति पार्टीसँग भएको दुई दल बीचको एकता टुङ्ग्याउँदै पद तथा जिम्मेवारी दिने, विधान संशोधन तथा विभिन्न विभागहरु गठन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार सुचना तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पार्टी उप महासचिव मेखराज परियारलाई र दलित विभाग प्रमुख श्याम परियारलाई दिने निर्णय गरेको छ । 

सो बैठकले राष्ट्रमा महामारीको रुपमा रहेको भ्रष्टाचारको अन्त्यको लागि राष्ट्रव्यापी अभियान चलाउने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष केपी पालुङ्गाको अध्यक्षतामा बसेको बैठकले सो अभियान सम्पन्न गर्न महासचिव केशव सूर्यवंशीलाई जिम्मेवारी दिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...