बाबुराम भन्छन्ः एक्लै हिँडेर कहिँ नपुगिने देखियो, फोरमसँग एकता गर्नु बाध्यता थियो

असन्तुष्टि फैलाएर मिडियाबाजी गरेर नहिँड्नुस्

।  समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले फोरमसँग पार्टी एकता गर्नु बाध्यता भएको बताएका छन् । पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग बिहीवार भेट गर्दै नेता भट्टराईले फोरमसँग मिल्नु बाध्यता भएको बताएका हुन् ।

‘एक्लै हिँडेर कहिँ नपुगिने भएकोले एकता गर्न बाध्य भयौं, वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ, ।’ वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गर्दै वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरेको उनको भनाइ थियो ।

भट्टराईले समाजवादी पार्टीलाई अझ बलियो र सशक्त बनाउन असन्तुष्ट नेताहरूसँग आग्रह गरे । ‘पार्टी एकताले शुभेच्छुकहरूमा सकारात्मक सन्देश गएको छ । असन्तुष्टि फैलाएर र मिडियाबाजी गरेर नहिँड्नुस,’ भट्टराईको आग्रह थियो । 

उनीहरूले पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको भन्दै निर्णय सच्चाउन ज्ञापनपत्र मार्फत् माग गरेका छन् ।

पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाल लगायत छन् । उनीहरूले छलफललाई जारी राख्ने निर्णय गरेका छन् ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...