राप्रपाले फेरि मेची-महाकाली अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बाँकी रहेका जिल्लाहरुमा पनि स्वाभिमान यात्रा सञ्चालन गर्ने भएको छ । 

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले जेठ १५ गतेबाट मेची महाकाली यात्रा फेरि सुरु गर्ने निर्णय गरेको छ । यात्रालाई विभिन्न ६ वटा समुहमा विभाजन गरी ४ वटा केन्द्रीय टोलीको नेतृत्वमा जेठ मसान्तभित्र सम्पूर्ण जिल्लाहरुमा यात्रा सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

गत फागुन १५ गते देखि ३० गते सम्म सफलतापूर्वक सम्पन्न भएको थियो । यस स्वाभिमान यात्रालाई राप्रपाले जनसंघर्षको दोस्रो चरणको कार्यक्रमको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । दोस्रो चरणको कार्यक्रम पनि पहिलोझै सफलतापूर्वक रुपमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न राप्रपाले अफिलसमेत गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...