जंगिदै देउवा भन्छन्, इतिहासमै यति कमजोर र डरपोक सभामुख देखेकै थिइनँ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख नदेखेको बताएका छन् ।

काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै देउवाले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा बोले पनि सभामुखले रेकर्डबाट नहटाएको भन्दै देउवाले सभामुख कमजोर र डरपोक भएको बताएका हुन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि काँग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।

सभापति देउवाले आफ्नो पार्टीको सो माग अनुसार सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश प्रकट गरे । धेरै सभामुख भए, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरेको दाबी गरे । 

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराए । कम्युनिष्ट शासन आएकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा प्रस्तुत गरिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दावी पनि गरे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...