एकताको असर : कसले छोड्दै छ बाबुरामको साथ ?

काठमाडौं । संघीय समाजवादी फोरमसँग एकता गरेर पार्टी विलय गरेको भन्दै बाबुरामसँग असन्तुष्ट नयाँ शक्ति नेपालका केहि नेताहरु नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्ने भएका छन् ।

ललितपुरमा भएको भेलामा नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, रामरिझन यादव, मदन राईलगायत प्रभावशाली नेता सहभागी थिए । कल्पना धमला पूर्व विज्ञानमन्त्री हुन् भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रामरिझन यादव प्रेस संयोजक भएका थिए । मदन राई कृषि विज्ञ हुन् । नयाँ शक्ति पार्टी नेपाल उपेन्द्र यादवको पार्टी फोरमसँग बिलय गराएको भन्दै बाबुराम भट्टराईप्रति आक्रोश पोखेका छन् ।

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकता मात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य केही हुन्छ  भन्ने प्रश्न समेत गरेका छन् । असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) प्रवेश गर्ने तयारी छ । 

पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । त्यसलाई स्वीकार गर्दै नेकपाका एक नेता भन्छन्, ‘साथीहरुसँग कुराकानी भइरहेको छ । एउटा सहमति गरेर स्वागत गर्छौं ।’


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...